आइपिएल क्रिकेट : राजस्थानको पहिलो जित
काठमाडौं, ३ बैशाख : इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ ।
बिहीबार राति भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।
जितका लागि दिल्लीबाट पाएको १४८ रनको लक्ष्य राजस्थानले ७ विकेट गुमाएर २ बल बाँकी छँदै भेट्टायो । उसका लागि डेभिड मिलरले ६२ रन बनाए भने क्रिस मोरिसले ३६ रन बनाए ।
दिल्लीका अभेस खानले तीन तथा कागिसो रबाडाले दुई विकेट लिएपनि टिमको हार टार्न सकेनन् । त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि कप्तान रिषभ पन्तले ५१ रन बनाए ।
राजस्थानका जयदेव उनादकान्तले ३ विकेट लिए । दिल्ली पहिलो खेलमा विजयी भएपनि दोस्रो खेलमा पराजित भयो ।
आइपिएल क्रिकेटमा आज पञ्जाब र चेन्नेई खेल्दैछन् ।
