धागोकाे अव्यावहारिक भन्सार महसुलका कारण स्वदेशी उद्योग मारमा

काठमाडौं, २ बैशाख : कपडा सिलाउने तयारी गोली धागो आयातमा अव्यावहारिक भन्सार मूल्यांकन र महसुलका कारण स्वदेशी उद्योगलाई मार परेको छ । आयातकर्ताले तयारी धागोलाई औद्योगिक कच्चा पदार्थसरह सहुलियतमा भित्र्याएपछि स्वदेशका यस्ता उद्योग संकटमा परेको उद्योगीहरूले बताएका छन् ।

कम भन्सार मूल्यांकन र महसुलमा भित्रिएको धागोका कारण स्वदेशी उद्योग समस्यामा परेका हुन् । आयातकर्ताले तयारी धागोलाई कच्चा पदार्थसरह सहुलियतमा भित्र्याउँदा स्थानीय उद्योगलाई प्रतिस्पर्धामा समस्या भएको एस थ्रेडका सञ्चालक मुर्ली जलानले बताए ।

कच्चा पदार्थको रूपमा प्रयोग हुने धागोको भन्सार मूल्यांकन प्रतिकिलो १५० रुपैयाँ छ । यसमा ५ प्रतिशत भन्सार महसुल र १३ मूल्यअभिवृद्धि कर लाग्छ । आयातकर्ताले तयारी धागोसमेत यही मूल्यांकन र महसुलमा भित्र्याउने गरेका छन् ।

कच्चा पदार्थको सहुलियतमा तयारी धागो आयात हुँदा स्वदेशी उद्योगीलाई प्रतिस्पर्धामा कठिनाइ भएको जलानले बताए ।

आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.