दक्षिण कोरियामा रोजगारी : सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा

काठमाडौं, ३० चैत : दक्षिण  कोरियाको  मानव  संशोधन विभाग  (एचआरडी)ले  सन्  २०२१  मा  नेपालका  लागि  पाँच हजार  ४००  जनाको  कोटा  निर्धारण  गरेको  छ ।  वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले  एचआरडीले  निर्धारण  गरेको  यो  सङ्ख्या  लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो । एचआरडीले  सन्  २०२१  का  लागि  ५२  हजार  विदेश श्रमिक  लैजाने  गरी  कोटा  निर्धारण  गरेकोमा  नेपाललाई  यो सङ्ख्या  परेका  हो ।  यो  विश्वका  विभिन्न  १६  देशका  लागि छुुट्याइएको कोटा हो ।

ईपीएस  शाखाका  निर्देशक  इन्द्र  गौतमले  यो  पटक एचआरडीले  सङ्ख्या  पठाउँदा  कोटा  नभनेर  परीक्षा  उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जानकारी दिए । उनले  भने,  अघिल्ला  वर्षमा  यति  कोटा  भनेर निर्धारण गरिएको हुुन्थ्यो, यो पटक त्यस्तो नभएर परीक्षा उत्तीर्ण गर्ने  सङ्ख्या  भनिएको  छ,  त्यसैले  हामी  पनि  द्विविधामा  छौँ, स्पष्ट हुन प्रयास गरिरहेका छौँ । निर्देशक  गौतमले  गएको  जनवरीमै  सूचना  निकालेर एचआरडीले  पहिलो  आधा  वर्षमा  उत्पादनतर्फ  एक  हजार नेपाली  श्रमिक  लैजाने  भनेको  भए  पनि  चार  महिना  सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिए । पहिलो  आधा  वर्षका  लागि  गरेको  प्रतिबद्धता  नै  कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको आउला भन्ने के आश गर्नु खै उनले थपे ।

नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई  ईपीएसमार्फत  दक्षिण  कोरिया  लग्दै  आएको  छ । कोरिया  सरकारले  विदेशी  श्रमिक  आपूर्ति  गर्दै  आएका  देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन ।

Applicants be in line to summit fees for the form of Korean language test at kirtipur Goble IME bank branch on Thursday. The form can be filled online. However, the fees for the form should be deposited on any branches of Global IME Bank. The language test will be held on June 9-10. POST PHOTO: KESHAV THAPA

गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.