काठमाडौं मुद्रण उद्योग संघद्वारा नयाँ बर्षको भित्तेपात्रो विमोचन

रामहरि बस्नेत । काठमाडौं, २८ चैत : काठमाडौं मुद्रण उद्योग संघले शनिवार एक कार्यक्रम बीच नयाँ बर्षको भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

आफ्ना समस्त सदस्य एवम् शूभचिन्तकहरुमा नववर्ष २०७८ सालको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै संघले तयार गरेको २०७८ सालको क्यालेण्डर काठमाडौं मुद्रण उद्योग संघका अध्यक्ष घननारायण श्रेष्ठ (घनश्याम) को अध्यक्षतामा भएको कार्यक्रममा मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमले आज एक समारोहका बीच विमोचन गरे ।

कार्यक्रमका प्रमुख अतिथि मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतम, निर्वतमान अध्यक्ष माधव केसी, पूर्व बरिष्ठ उपाध्यक्ष भरत श्रेष्ठ तथा काठमाडौं मुद्रण उद्योग संघका संस्थापक अध्यक्ष प्रेम उपाध्याय, निर्वतमान अध्यक्ष गोपाल प्रसाद ढकाल लगायतले संयुक्त रुपमा नयाँ बर्षको भित्तेपात्रो विमोचन गरे ।

उक्त कार्यक्रममा संघका सदस्यहरु, उद्योगी व्यवसायी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम संघका सचिव दुर्गाप्रसाद ढकालले सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.