आहा रारा गोल्डकप : संकटा क्लब र अफ्रिकन रुटबीच आज फाइनल भिडन्त

काठमाडौं, २८ चैत : पोखरामा जारी आहा रारा गोल्डकप फूटबलको फाइनल भिडन्त आज हुँदैछ ।

उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट एसोसियसन मैदान उत्रँदै छन् ।

दिउँसो साढे ३ बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन् ।

संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

पटक-पटक प्रतियोगितामा सहभागिता जनाए पनि संकटा पहिलो पटक फाइनल पुगेको हो । अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो ।

अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको थियो ।

आहा रारा गोल्डकप प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैयाँ हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सूर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.