आहा रारा गोल्डकप आजदेखि सुरु हुँदै

कास्की, २१ चैत : पोखरामा १९औं सस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

पोखरा रंगशालामा आज सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालका सात र एक विदेशी क्लबसहित आठ टिमको सहभागिता छ । यसपटक सहारा क्लब पोखरा, एपिएफ क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन, संकटा क्लब‚ मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले ५ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.