चीनबाट कोरोनाविरुद्धको आठलाख डोज खोप आज आइपुग्दै

काठमाडौं, १६ चैत : चीनले अनुदानमा दिने आठ लाख डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । यो खोप सोमबार राति ८:३५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने विमानस्थल नेपाल वायु सेवा  निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

यो खोप शनिबार नै चीनको राजधानी बेइजिङ आइपुगेको थियो । नेपाल वायुसेवा निगमको जहाज  खोप लिन आइतबार साँझ त्यसतर्फ गएको थियो ।  यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत कोरोना खोपस्वीकार गर्ने निर्णय गरेको थियो ।

सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख कोभिडविरुद्धको खोप लिएर जहाज आज आइपुग्ने भएको हो ।

निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.