राराको सतह घटेको आशंका, नाप्ने प्रविधि छैन

काठमाडौं, ६ चैत : रारा राष्ट्रिय निकुञ्जले खडेरी र जलवायु परिवर्तनका कारण रारातालमा पानीको सतह घटेको अनुमान गरेको छ । राराबाट निस्कने निकासखोला सुकेपछि सतह घटेको अनुमान गरिएको हो ।

निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालका अनुसार ५ वर्षअघि पनि राराको सतह करिब १५ सेन्टिमिटर घटेको थियो । ‘अहिलेको १० सेमि घटेको अनुमान छ तर नाप्ने मेसिन नहुँदा यकिन थाहा छैन,’ उनले भने, ‘सम्बन्धित निकायसँग अनुरोध गरेका छौँ ।’

समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित राराको गहिराइ १ सय ६७ मिटर छ । रारामा साना–ठूला गरी करिब ६० वटा खोलानाला मिसिने गर्छन् । पर्याप्त हिमपात नहुँदा ती खोलानाला सुकेका छन् । मुर्माका ६५ वर्षीय जुद्ध रोकायाले राराको किनार पनि पहिलेभन्दा तल गएको बताए ।

मुगु जिल्लाको छायानाथरारा नगरपालिका ९ स्थित घना जंगलको काखमा अवस्थित नेपालको मुख्य पर्यटनीय क्षेत्रको रुपमा रहेको रारा ताल । तस्वीर: आदित्य दाहाल

समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित राराको गहिराइ १ सय ६७ मिटर छ । रारामा साना–ठूला गरी करिब ६० वटा खोलानाला मिसिने गर्छन् । पर्याप्त हिमपात नहुँदा ती खोलानाला सुकेका छन् । मुर्माका ६५ वर्षीय जुद्ध रोकायाले राराको किनार पनि पहिलेभन्दा तल गएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.