पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई आज बिदा गरिँदै

काठमाडौं, २९ फागुन : महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिँदैछ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले केहीबेरपछि साधुसन्तको बिदाइ गरिने बताए ।

यस वर्ष कोषले १०० देखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तको बिदाइ गर्ने तयारी गरेको छ । साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ ।

तस्बिर: किरण पाण्डे

यसैगरी गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फागुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संकल्प गरेकी सामग्री दिएर बिदाइ गर्दैछ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.