बार्सिलोना ‘कोपा डेल रे’ को फाइनलमा
काठमाडौं, २० फागुन : बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना उपाधि नजिक पुगेको हो ।
यसअघि भएको पहिलो लेगमा बार्सिलोना सेभियासँग २-० गोल अन्तरले पराजित भएको थियो । ९० मिनेटमा २-२ गोल भएपछि खेल अतिरिक्त समय खेलाइएको थियो । बार्सिलोनाका लागि ९० मिनेटको अन्तिम समयमा जेरार्ड पेकिले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।
क्याम्प नोउमा बर्सिलोबालाई जित दिलाउन ओसुमाने डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।
त्यस अघि ओसुमान डेम्बेलेले खेलको १२औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । अतिरिक्त समयमा खेलको ९५औ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
सेभियाले ९० मिनेटको खेलमा खेलको ७३औ मिनेटमा पाएको पेनाल्टी गोल गर्न चुकेको थियो । ओकाम्पसले हानेको पेनाल्टीलाई बार्सिलोनाका गोलकिपर स्टेगनले बचाएका थिए ।
यस खेलमा सेभियाका दुई खेलाडीले रातो कार्ड पाएका थिए । ९० मिनेटको खेलको अन्तिम मिनेटमा फेर्नान्डोले रातो कार्ड पाएका थिए भने १०३औँ मिनेटमा लूक डी जोंगले रातो कार्ड पाएका थिए ।
बार्सिलोना योसहित ४२औ पटक कोपाको फाइनलमा पुगेको छ । बार्सिलोनाले अहिलेसम्म सबै भन्दा धेरै ३० पटक कोपाको उपाधि जितेको छ भने ११ पटक उपविजेता बनेको छ ।
योसँगै बार्सिलोना अब फाइनलमा एथलेटिको बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल अप्रिल १७ मा हुनेछ ।
