म्यानमारमा सुरक्षाफौजको गोली लागेर ३८ जना प्रदर्शनकारीको मृत्यु

काठमाडौं, २० फागुन : म्यानमारमा लोकतन्त्रमाथि कू गरेको सैनिक शासक क्रुर बन्दै गएको छ ।

प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबारमात्रै ३८ जनाको ज्यान गएको छ ।  सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यानमारमा लगातार प्रदर्शन जारी छ । म्यानमारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो ।

म्यानमारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ र बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक पनि डाकेको छ । पश्चिमा मुलुकहरुले म्यानमारका सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन् ।

एक चिकित्सकले नाम नबताउने शर्तमा मारिएका एक व्यक्तिको टाउकामा गोली लागेको बताएका छन् । देशको मिङ्यान शहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको थियो ।

सैनिकले सत्ता कब्जा गरेपछि  गत आइतबार भएको रक्तपातमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.