आज २३औं स्वास्थ्य सेवा दिवस
काठमाडौं, १५ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २३ औं स्वास्थ्य सेवा दिवस मनाइरहेको छ ।
‘स्वास्थ्यकर्मीको चाहना, नागरिकको कामना’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो । मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई उपलब्ध साधन स्रोतको प्रयोग गर्दै स्वास्थ्यसम्बन्धित कार्यक्रम गर्न भनेको छ ।
मन्त्रालयले दिवसका अवसरमा स्वास्थ्य सेवा विभागदेखि मन्त्रालयसम्म प्रभावतफेरि गर्ने भएको छ। टेकुस्थित विभागबाट सुरु हुने प्रभावतफेरि त्रिपुरेश्वर थापाथलीहुँदै रामशाहपथसम्म आइपुग्ने छ ।
प्रभावतफेरिमा सहभागी हुन मन्त्रालयले मन्त्रालय, विभाग, काठमाडौं उपत्यकामा रहेका केन्द्रीय अस्पताल र मन्त्रालयका निकायमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको छ ।
