ला लिगामा बार्सिलोनाको सहज जित, मेस्सीको दुई गोल
काठमाडौं, १३ फागुन : स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालको छ । बुधबार राति भएको खेलमा उपाधि दाबेदार बार्सिलोनाले इल्चेलाई ३–० गोलले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको थियो ।
खेलको ४८ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
६८ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७३ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।
जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ ।
बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अंकले पछि रहेको छ ।
इल्चे २१ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
