रोनाल्डोको दुई गोलमा युभेन्टसको जीत
काठमाडौं, ११ फागुन : इटालियन सिरी ए फुटबलमा युभेन्टसले क्रोटोनलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् भने वेस्टन म्याककेनले एक गोल गरेका थिए । रोनाल्डोले खेलको ३८औ मिनेट र ४५औ मिनेटमा गरे भने वेस्टनले खेलको ६६ औ मिनेटमा एक गोल गरेका थिए ।
यस खेलमा यस सिजनको आफ्नो १७औ र १८औ गोल गरेका रोनाल्डोले इटालियन सिरी ए मा रहेका सबै टिमविरुद्ध गोल गर्ने नयाँ रेकर्ड बनाएका छन् ।
यस गोलसँगै रोनाल्डो सिरी ‘ए’ को यस सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।
रोनाल्डोले १८ गोल गरेका छन् ।
यस्तै रोनाल्डो लगातार १४ सिजन २५ भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।
साथै रोनाल्डो युरोपका टप फाइभ लिगमा अहिलेसम्म ७८ टिमविरुद्ध गोल गरेको रेकर्ड बनाएका छन्। उनी भन्दा अगाडी स्विडेनका जलाटन इब्राहिमोविचले ७९ टिमविरुद्ध गोल गरेको रेकर्ड रहेको छ ।
यो जीतपछि युभेन्टस सिरी ए मा २२ खेलमा ४५ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसभन्दा अगाडी एसी मिलानको २३ खेलमा ४९ अंक छ भने शिर्ष स्थानमा रहेको इन्टर मिलानको २३ खेलमा ५३ अंक रहेको छ ।
