प्रदेश २ प्रदेश प्रमुखमा राजेश झा, तिलक परियार पदमुक्त

काठमाडौं, ७ फागुन : रिक्त रहेको प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । उनी राजेश अहिराजको नामले परिचित छन् ।

२०३६ साल जेठमा रौतहटको संग्रामपुरमा जन्मिएका राजेश मधेश मामिलाका जानकार मानिन्छन् ।

त्रिभुवन विश्वविद्यालयवाट ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा विद्यावारिधी गरेका उनी पत्रकारितासमेत गर्दै आएका छन् ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्

मन्त्रिपरिषद्को सिफारिसमा परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरि जनाएका छन्

संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनलाई पदमुक्त गरिएकोे हो

परियार तत्कालीन नेकपा माओवादीका नेता हुन् वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित भएका थिए

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.