नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

काठमाडौं, ७ फागुन : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । सात महिनाअघि पृथ्वीबाट उडेको यो यानले झण्डै आधा अर्ब किलोमिटर दुरी पार गर्दै मंगल ग्रहमा अवतरण गरेको हो ।

नेपाली समयानुसार गएराति साढे २ बजेतिर ‘पर्सिभिअरन्स रोभर’ नामक यानले मङ्गल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा रहेका नासाका वैज्ञानिकहरूले खुशी मनाएका थिए । त्यसको केही समयमै रोभरले कैद गरेका मंगल ग्रहका तस्विर सार्वजनिक गरिएको थियो ।

यो सन् १९७० को दशकमा भाइकीङ मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्वाकांक्षी परियोजना हो । एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू जडान गरिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.