देशभर १ लाख ७१ हजार ४८६ व्यक्तिले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं, २३ माघ : शुक्रबारसम्म देशभर ७७ जिल्लाका २०१ खोप केन्द्रबाट १ लाख ७१ हजार ४८६ व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७५६, बागमती प्रदेशमा ५९ हजार ९४२, गण्डकीमा १७ हजार ३१५, लुम्बिनीमा २६ हजार ८९८, कर्णालीमा ८ हजार ६८४ र सुदूरपश्चिममा १२ हजार ८०९ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको खोप शनिबार सम्म लगाइने जानकारी दिए । दोस्रो चरणअन्तर्गत लगाइने खोप चाँडै जानकारी दिनेसमेत उनले बताएका छन् ।

