प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक सोमबार
काठमाडौं, १८ माघ : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सोमबार (भोलि)का लागि बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आन्दोलनरत प्रचण्ड–माधवले आन्दोलनका कार्यक्रम बढाउँदै लगेको छ। जसअनुसार थप सशक्त कदम चाल्ने र विषयमा बैठक बोलाइएको छ ।
बिहान ११ बजे बबरमहलस्थित कार्की ब्वाक्वेटमा बैठक बस्नेछ । बैठकमा संसद् विघटनविरुद्ध पार्टीले गरिरहेको संघर्षका कार्यक्रमको समीक्षासमेत गरिने बताइएको छ ।
