शनिबार १४ हजार ८९४ जनाले लगाए कोरोना खोप

कोरोना सङक्रमणबाट निधन भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका जवानलाई शुक्रबार धवलागिरि अस्पताल बागलुङमा कोरोना विरुद्धको खोप । तस्वीर: रामबहादुर थापा

काठमाडौं, १७ माघ : देशभर १ सय ४३ खोप केन्द्रबाट शनिबार १४ हजार ८९४ जनाले कोरोनाको खोप लगाएका छन् ।

प्रदेश १ मा १५ सय ४७, प्रदेश २ मा २१ सय १०, बागमती प्रदेशमा ५४ सय २, गण्डकीमा १८ सय ८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९५५ र सुदूरपश्चिम प्रदेशमा ९३० व्यक्तिले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खाेप लगाउन सुरु गरिएकाे आज चौथो दिनसम्म खाेप लगाउनेकाे संख्या ६४ हजार ४२२ पुगेकाे छ ।

खोप लगाएर असर गरेको भनेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ । दोलखामा खोप लगाएकाहरु धमाधम बिरामी भएको भन्ने समाचार सार्वजनिक भएपनि त्यस्तो केही पनि समस्या नभएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

खोपसम्बन्धी समाचार आधिकारीक रुपमा पुष्टि गरेर मात्र प्रकाशन गर्न मन्त्रालयले  विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.