एल्चेलाई हराउँदै बार्सिलोना लिगको तेस्रो स्थानमा

Imageकाठमाडौं, १२ माघ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुइगले एक एक गोल गरे ।

खेलको ३९ औं मिनेटमा जोङको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।

Imageत्यसपछि खेलको ८९ औं मिनेटमा रिकार्डले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

जितसंगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले १९ खेलमा ३७ अंक जोडेको छ ।

बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि रहेको छ ।

एल्चे १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

अर्को खेलमा ओसासुनाले ग्रानडालाई ३-१ ले हराएको छ ।

Image

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.