कृषि विकास बैंकले माग्यो ३२६ कर्मचारी

काठमाडौं, ९ माघ : कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा जागिर खुलाएको छ ।

वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ।

बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी मागेको हो ।

आज गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो । अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ ।

माघ ९ गतेदेखि २९ गतेसम्म दरखास्त दिन सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.