थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप ४ को मृत्यु

काठमाडौं, ८ माघ : पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार ३० नमुना परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ६२ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो चौबीस घण्टामा २२६ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।

हालसम्म क्वारेन्टिनमा १७२ जना छन् भने तीन हजार ७ सय ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ३० जनाको कोरोना परिक्षण भएको छ । हालसम्म २० लाख ३१ हजार ७५६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

हालसम्म क्वारेन्टिनमा १७२ जना छन् भने तीन हजार ७ सय ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार नौ सय ७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.