कांग्रेसले आज ६ हजार ७४३ वडामा प्रदर्शन गर्दै

काठमाडौं, ८ माघ : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनकोविरुद्ध कांग्रेसले देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ वटा स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।

विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल गरेका छन् । देउवाले वडास्तरीय प्रदर्शनमा घर घरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.