विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

काठमाडौं, ४ माघ : कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २० लाख १ हजार ७७३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ७१८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड २५ लाख ६ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार १५ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.