कानूनभन्दा माथि राष्ट्रपति पनि छैनन्ः अमेरिकी सभामुख

काठमाडौं, १ माघ : अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपतिविरुद्ध पारित भएको महाभियोग प्रस्तावमा हस्ताक्षर गर्दै त्यसलाई आधिकारिक रुप दिएकी छिन् । अब यो माथिल्लो सदनमा जानेछ ।

हस्ताक्षर गर्नुअघि पेलोसीले भनिन्, ‘आज सदनले दर्साएको छ कि कोही पनि कानूनभन्दा माथि छैन, अमेरिकाका राष्ट्रपति पनि छैनन् ।

डोनल्ड ट्रम्प स्पष्ट रुपमा एक देशको रुपमा एक खतरा हुन् र हामीले अमेरिकाको संविधानको सुरक्षाको जुन शपथ लिएका थियौं आज एकपटक त्यसको पुनः सम्मान गर्छौं । र अब म निकै दुःखका साथ र भारी मनले राष्ट्रपतिविरुद्ध महाभियोगको आर्टिकलमाथि दस्तखत गर्दैछु ।’

तल्लो सदनमा डेमोक्रेट्सको बहुमत छ त्यसैले यहाँ प्रस्ताव पारित हुनु एउटा औपचारिकता मात्रै थियो  । त्यसपछि यो अब सिनेटमा जानेछ जहाँ उनको अपराध निश्चित गर्नका लागि ट्रायल चल्नेछ ।

ट्रम्पलाई दोषी ठहर गर्नका लागि दुई तिहाई बहुमतको आवश्यकता हुनेछ, यसको अर्थ यो हो कि कम्तीमा १७ रिपब्लिककनले यसको पक्षमा भोट गर्नेछन् ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार २० रिपब्लिकन सांसद राष्ट्रपतिलाई दोषी ठहर गर्नका लागि तयार छन् ।

ट्रायल आयोजित गर्ने कुनै समय सीमा छैन तर यस्तो लाग्छ कि २० जनवरी अघि यो समाप्त हुन सक्दैन जुन दिन जो बाइडेनलाई राष्ट्रपतिको रुपमा शपथ दिलाइनेछ ।

ट्रम्पमाथि अघिल्लो हप्ता (६ जनवरी) मा आफ्ना समर्थकलाई क्यापिटल हिल अर्थात् अमेरिकी संसद् परिसरमा हमला गर्नका लागि उक्साएको भन्ने आरोप थियो जसलाई सदनमा २३२ भोटले पारित गरिएको थियो । १० रिपब्लिन सांसदले महाभियोग प्रस्तावको समर्थन गरे । ६ जनवरीमा भएको हिंसामा एक प्रहरी अधिकारीसमेत पाँचजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.