थप ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ६९९ संक्रमणमुक्त

काठमाडौं, २५ पुस : पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६९९ जना निको भएर फर्किएका छन् । यससँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ ।

देशभर ४६८१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १३८९ जना होम आइसोलेसनमा छन् भने १८६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४२८६ नमुना परीक्षण भएको छ । यससँगै कुल १९ लाख ७४ हजार ५६१ पीसीआर परीक्षण गरिएको छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९१३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.