उपत्यकामा २५० सहित थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं, २३ पुस : पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४१२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

काठमाडौं उपत्यकामा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा ४८३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । यसैगरी निको हुनेको दर ९७.४ प्रतिशत रहेको छ ।

हाल ५ हजार ५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ५८ जना आइसोलेसनमा छन् । ३४२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ५१३२ परीक्षण भएको छ ।  स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ६९ हजार २९२ पीसीआर परीक्षण गरिएको छ ।

त्यस्तै, यसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९०३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.