उपत्यकामा २३२ सहित थप ५२२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं, २१ पुस : पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ५२२ जनामा कोरोना पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा उपत्यकामा थप २३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार दिउँसो जारी गरेको सूचना अनुसार उपत्यकामा संक्रमित हुनेमा ९३ जना महिला र अन्य पुरुष छन् ।

पछिल्लो २४ घण्टामा ५७८ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ ।

मन्त्रालयका अनुसार ५ हजार २२५ जना आइसोलेसनमा छन् । ३४२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप चार हजार ५५१ पिसिआर परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ५७ हजार ४५४ पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.