उपत्यकामा १८५ सहित थप ४०३ मा कोरोना संक्रमण, ७ को मृत्यु

काठमाडौं, २० पुस : पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।
यस्तै, उपत्यकामा सोमबार १८५ जना संक्रमण संक्रमण पुष्टि भएको छ । जसमध्ये महिला ८२ जना छन् भने पुरुषको संख्या १०३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ५९४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । निको हुनेको दर ९७ दशमलव ३ प्रतिशत पुगेको छ ।
त्यस्तै, सक्रिय संक्रमित ५ हजार २८९ छन् । हालसम्म क्वारेन्टिनमा ३४२ जना छन् भने ५ हजार २ सय ८९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ४२ हजार ९०३ जनाको पिसिआर परीक्षण गरिएको छ ।
यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १८ सय ८५ जना पुगेको छ ।
