लाइसेन्सका लागि अनलाइन फारम भर्न साइट नखुल्ने समस्या

काठमाडौं, २० पुस : नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारम खुला भएसँगै आवेदन दिनेको चाप छ ।

लामो समयपछि फारम खुलेकाले आवेदन दिनेको चाप भएकाले अनलाइन साइट नखुल्ने समस्या देखिएको र समस्या समाधानको प्रयास पनि भइरहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चार पाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

लाइसेन्सका लागि अनलाइनमार्फत कसरी आवेदन दिने त ?

१) सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np खोल्ने र ‘अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली’ लिंकमा क्लिक गर्ने ।

२) त्यहाँ सबैभन्दा माथि रहेको ‘Online Driving License Registration ’मा क्लिक गर्ने र ’सिटीजनसिप’मा नेपाल छानेर New license मा अप्लाई गरि प्रोसिड गर्ने ।

३) त्यसपछि त्यहाँ खुल्ने फारम भर्ने र सबै विवरणभरि  ‘submit’ मा क्लिक गर्ने । (त्यहाँ भएका ‘category ’ र  ‘mobile number ’ भर्नै पर्छ, एक पटक लेखेपछि मिलाउन पनि मिल्दैन ।)

४) अनलाइनमा फारम भरेर विभागको सिस्टमले एक्सेप्ट गरेपछि आवेदकले भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्छ । तोकिएको समयमा आवेदक फारमसहित बायोमेट्रिक दिनका लागि सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ । बायोमेट्रिक दिनबारे वेबसाइटमै उल्लेख छ । बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिनेलगायतका कामहरु गरिन्छ ।

५) अनलाइनमा आवेदन दिएपछि सिस्टमले नै विभागको कार्यालयमा कहिले उपस्थित हुने भनेर सूचना दिन्छ । त्यसपछि फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा उपस्थित हुनुपर्छ ।

६) तोकिएको कोटा नसकिएसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न मिल्छ ।

७) परीक्षामा असफल भएको खण्डमा ९० दिनसम्म अर्को फारम भर्न पाइँदैन ।

लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो, सेवा अवरुद्ध

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार सर्भरको मर्मतका लागि सोमबार एक दिन सेवा नै बन्द गर्ने निर्णय भएको छ ।
विभागको सूचनामा पनि ‘सवारी चालक अनुमतिपत्रको अनलाइन फारम सर्भरको मर्मतका लागि आज अनलाइन सर्भर बन्द’ गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.