मिचिएको जग्गा फिर्ता ल्याएरै छाड्छाैं : प्रधानमन्त्री

काठमाडौं, १९ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले नक्साअनुसार नै नेपालको जग्गा फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् ।

बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेकपा ओली निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले संविधान संशोधन गरेर नयाँ नक्सा सार्वजनिक गरेका छौँ । नक्साअनुसार जग्गा फिर्ता ल्याएरै छाड्छौँ’, उनले भने, ‘त्यसको जस मलाई नदिनुहाेस्, मेरो पालामा ल्याएको त हो नि !’

आफ्नै पार्टीको नेतृत्वले सरकारको सफलता देखेर आत्तिएको आरोप लगाए । ‘सरकारले धेरै काम गरेको देखेर केही व्यक्तिहरुलाई जलन भयो । त्यसैले उहाँहरुले सरकार असफल बनाउनका लागि लागिराख्नुभयो’ उनले भने ।

राष्टिय आकांक्षा अनुसार समृद्ध नेपाल समृद्ध नेपालीको नारा पुरा गरेरै छाड्ने दाबी गरे । नेपालले तय गरेको राष्टिय आकांक्षा महत्वपूर्ण भएको बताए ।

‘हाम्रो पार्टीको शिर्ष नेताहरुले समृद्ध नेपाल सुखी नेपाली भन्दा उहाँहरुको मन जल्छ । उहाँहरुले त्यो बोल्न सक्नुहुन्न’ उनले भने, ‘कस्तो मन होला ?’

यसैगरी प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–नेपाल समूहलाई घाँसभित्र लुकेको हरियो सर्पको भन्दै कटाक्ष गरेका छन् । बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताए ।

ओलीले भने, “पार्टीभित्रै बसेर दुई तिहाइको सरकार कामै लागेन भनेर कराउने । भित्रै बसेर आन्दोलनलाई कमजोर पार्ने ? भित्र बसेर देशको समय बर्बाद गर्नुभयो त्यसैले संसद् भंग गर्नुपर्यो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.