सर्वोच्चलाई सभामुखको जवाफ : संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन

काठमाडौं, १९ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई जवाफ फर्काएका छन् । सभामुख सापकोटाले लिखित जवाफ फर्काएका हुन् ।

‘उहाँले आज सर्वोच्चलाई आफ्नो लिखित जवाफ फर्काउनुभएको छ । पार्टीका सांसदहरूको विवरण र प्रधानमन्त्री ओलीविरुद्ध नेकपा सांसदहरूले दर्ता गराएको अविश्वास प्रस्तावको समयसहितको कागजात आज बुझाएका हुन् ।

सभामुख सापकोटाले आइतबार लिखित जवाफ पठाएका हुन् । ‘संसदबाट अर्को प्रधानमन्त्री बन्ने अवस्था रहँदारहँदै संसद् विघटन गर्न मिल्दैन’ उनको जवाफमा भनिएको छ, अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन् ।’

जवाफमा उनले आफू रिटको विपक्षमा नभएको समेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि १० गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग जवाफ मागेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते चुनावको मिति घोषणा गरेकी छन् । प्रतिनिधिसभा विघटनविरुद्ध एक दर्जनभन्दा बढी रिट दायर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.