२४ घण्टामा थप ४१९ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं, १८ पुस : पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७५० कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५३ हजार ८५७ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हाल ६ हजार ४८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८९० जना होम आइसोलेसनमा छन् भने २३४ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ६ कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७० पुगेको छ ।
