उपत्यकामा २४७ सहित थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ को मृत्यु
काठमाडौं, १६ पुस : पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
६ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा १९६ महिला र ३३८ जना पुरुष गरी थप ५३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४४७ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५२ हजार ३ सय ५९ पुगेको छ ।
हालसम्म क्वारेन्टिनमा ३६२ जना छन् भने ६ हजार ३ सय ७८ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १८ सय ५६ पुगेको छ ।
