थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ को मृत्यु

काठमाडौं, १२ पुस : पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिँदा महिला १७९ र महिला ३०२ जना गरी मात्र ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ भने हाल देशभर कोरोना निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।

हाल देशभर ६ हजार ४९३ संक्रिय संक्रमित छन् । हालसम्म क्‍वारेन्टिनमा ३६९ जना छन् भने ६ हजार ७४९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८२५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.