थप ५०० जनामा कोरोना संक्रमण, ८४० जना संक्रमणमुक्त
काठमाडौं, ११ पुस : पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८४० जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ भने संक्रमण निको हुनेदर ९६.७ प्रतिशत रहेको छ ।
हालदेशभर ६७४९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३३४९ होम आइसोलेसनमा छन् भने २८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४३४ जनाको कोरोना परीक्षण भएको छ । यससँगै देशभर १९ लाख ५ हजार ८२६ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको छ ।
