पुराना वामपन्थी नेता स्वनाम साथीको निधन

काठमाडौं, ११ पुस : पुराना वामपन्थी चिन्तक तथा नेता स्वनाम साथी अर्थात शशि शेरचनको निधन भएको छ । हिजो राति ९ बजे उनको निधन भएको हो ।

कोरोना संक्रमण भएपछि उनलाई असोजमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा भर्ना गरिएको थियो । फेरि उनको स्वास्थ्यमा समस्या आएपछि कोठमाडौंस्थित मोडल हस्पिटलको आइसियुमा राखिएको थियो । उनको त्यहीँ प्राण गएको हो । कोरोना संक्रमणमुक्त भए पनि उनमा बारम्बार निमोनियाको समस्या देखिएको थियो । उनका दुवै मिर्गाैला फेरिएका थिए ।

बुढेसकालमा किरण गौतमसँग विवाह गरेका उनका सन्तान छैनन् ।  म्याग्दीको अर्मनमा १७ साउन २००७ मा उनको जन्म भएको थियो ।

२०३५ सालतिर खगेन्द्र संग्रौलासँग मिलेर सर्वहारा कम्युनिस्ट लिग खोलेका यिनले पछि रूपलाल विश्वकर्माको मजदुर किसान संगठनसँग पार्टी एकता गरेका थिए । त्यसपछि संग्रौला अलग्गिएका थिए । उनी भने एकता केन्द्र मसाल हुँदै माओवादी केन्द्रमा संगठित भएका थिए । एक आदर्श व्यक्तिका रूपमा परिचित स्वनाम पछिल्लो समय रोगले थलिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.