उपत्यकामा २७९ सहित थप ६०८ मा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं, १० पुस : पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७१ जना पुरुष र २३७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २१२, ललितपुरमा ४७ र भक्तपुरमा २० जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८९२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ ।
यस्तै अहिले ३६९ जना क्वारेन्टिन र ७ हजार ९२ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण पत्ता लगाउन गरिने परीक्षण नेपालमा दिनदिनै घट्दै गएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १६ पुगेको छ ।
