त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने

काठमाडौं, १० पुस : त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने  भएको  छ ।

विश्वविद्यालयको भौतिक तथा भर्चुअल कक्षालाई जाडो बिदाका बेलामा समेत निरन्तरता दिन हिउँदे बिदा नदिने निर्णय विश्वविद्यालयले गरेको हो ।

विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले यसपटक विश्वविद्यालय मातहतका क्याम्पसमा बिदा नदिइने र कक्षा निरन्तर  रूपमा  सञ्चालन  गरिने जानकारी  दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.