उपत्यकामा २४४ सहित ६१३ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ को मृत्यु

काठमाडौं, ९ पुस : पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५१० जनाको परीक्षणमा ३८० जना पुरुष र २३३ जना महिला गरी ६१३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४४ जना संक्रमित भेटिएका छन् ।
काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७३९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० रहेको छ । निको हुनेको दर ९६ दशमलव ४ प्रतिशत पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७३८४ रहेको छ । क्वारेन्टाइनमा ४०० रहेका छन् ।
पछिल्लो २४ घण्टामा पाँच हजार ५१० पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १८ लाख ९६ हजार २५० जनाको पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८०८ पुगेको छ ।
