उपत्यकामा ३१८ सहित थप ७४३ मा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु
काठमाडौं, ८ पुस : पछिल्लो २४ घण्टामा देशभर थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा २५० तथा ललितपुर र भक्तपुरमा ३४/३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९५२ जना कोरोना भाइरसको संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ४६ हजार ६६१ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, देशभर सक्रिय संक्रमित ७ हजार ५१५ छन् । क्वारेन्टाइनमा ४०९ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ५५९ पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिक विवरणमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले हालसम्म १८ लाख ९० हजार ७४० जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिएका छन् ।
बितेको २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको संख्या १८०३ जना पुगेको छ ।
