पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ को मृत्यु
काठमाडौं, ७ पुस : पछिल्लो २४ घण्टामा देशभर थप ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।
९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ४५ हजार ७ सय ९ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९६ दशमलव ३ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १८ लाख ८४ हजार १८१ जनाको पिसिआर परीक्षण गरिएको छ ।
आजसम्मको विवरणअनुसार देशभर सक्रिय संक्रमित ७ हजार ७२९ छन् । क्वारेन्टाइनमा ४१३ जना छन् ।
बितेको २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको कुल संख्या १७९८ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
