उपत्यकामा ३११ सहित थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ को मृत्यु

काठमाडौं, ६ पुस : पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३५१ जनामा गरिएको परीक्षणमा ४४८ पुरुष र २९४ जना महिला गरी ७४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३११ जना संक्रमित भेटिएका छन् ।

जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०७९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७९७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस  संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

हालसम्म मृत्यु हुनेको संख्या १७९५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.