उपत्यकामा १२१ सहित थप ७८२ जनामा संक्रमण पुष्टि, १६ को मृत्यु

काठमाडौं, ३ पुस : पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२१ संक्रमित भेटिएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०२९ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९३१७ रहेको छ ।हाल नेपालमा ९ हजार ३१७ जना आइशोलेसनमा छन् । ४ सय २७ जना क्वारेन्टाइनमा रहेका मन्त्रलायले जारी गरेको सूचना उल्लेख छ ।
पछिल्लो २४ घण्टामा ५७०६ जनामा पिसिआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म १८ लाख ६१ हजार ४३० जनामा पिसिआर गरिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या १७६५ रहेको छ ।
