फिफा ‘दी बेस्ट’ वर्षको उत्कृष्ट खेलाडीको घोषणा आज राति गरिँदै

काठमाडौं, २ पुस : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिफा ‘दी बेस्ट’को घोषणा आज (बिहीबार) राति गर्ने भएको छ ।

फिफाले वर्षको उत्कृष्ट खेलाडीको घोषणा आज गर्ने भएको हो । विजेता घोषणा नेपाली समयअनुसार राति ११:४५ मा हुनेछ ।

यो वर्ष फिफा वर्ष खेलाडीको शीर्ष तीनको मनोनयनमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, जर्मन क्लब वायर्न म्युनिखका स्टार खेलाडी रोवेर्टो लेवान्डोस्की र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो परेका छन् ।

फिफाले यो वर्ष कोरोना भाइरसको महामारीका कारण बालोन डी’ओर अवार्ड नगर्ने भएको छ । फिफाले वर्षको उत्कृष्ट खेलाडी घोषणा मात्र गर्ने भएको हो ।

विजेता घोषणा भने भर्चुअल माध्यमबाट हुनेछ । वायर्नलाई गएको सिजन च्याम्पियन्स लिगको उपाधि र जर्मन बुन्डेस लिगाको उपाधि दिलाएका लेवान्डोस्की विजेताको मुख्य दाबेदार हुन् ।

यता युभेन्ट्सलाई इटालियन सिरी ए फुटबलको उपाधि दिलाएका रोनाल्डोको दाबेदारी पनि त्यति नै छ । लियोनल मेस्सी भने दाबेदारीमा कमजोर छन् । बार्सिलोनालाई उनले गएको सिजन कुनै पनि उपाधि दिलाउन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.