उपत्यकामा ३६३ सहित थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं, २ पुस : पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५८८ जनाको परीक्षणमा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
उपत्यकामा बिहीबार थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २७३, भक्तपुरमा ४१ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिने संक्रमितमा महिला १५२ र २११ पुरुष छन् । काठमाडौं जिल्लामा यतिखेर पहिचान गरिएका चार हजार ८७ सक्रिय संक्रमित छन् । कुल संक्रमित संख्या ९४ हजार ७९ जना पुगेका छन् । ८९ हजार ५३० जना कोरोना संक्रमणमुक्त र हालसम्म ४५२ संक्रमितले ज्यान गुमाएका छन् ।
भक्तपुरमा सक्रिय संक्रमित ३३३, कुल संक्रमित ८ हजार ५८९ जना रहेकोमा ८ हजार १५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म ९७ संक्रमितको मृत्यु भएको छ ।
त्यसैगरी, ललितपुरमा हालसम्म सक्रिय संक्रमित संख्या ७३५ जना पुगेको छ । १३ हजार ७७३ जना कोरोना संक्रमणमुक्त भएका, १३९ संक्रमितको मृत्यु र कुल संक्रमित १४ हजार ६४७ संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ जना रहेको छ । नेपालमा कोरोना निको हुने दर ९५.५ प्रतिशत रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९५८० रहेको छ । हालसम्म क्वारेन्टिनमा ४४४ जना छन् भने ९ हजार ५८० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा १७ सय ४९ पुगेको छ ।
