नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त
काठमाडौं, २ पुस : नेपाल क्रिकेट संघ (क्यानले) राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।
यस्तै रौनकबहादुर मल्ल महाप्रबन्धक, विनोद कुमार दास क्रिकेट म्यानेजर र रमेश कुमार न्यौपाने चिफ फाइनान्स अफिसर नियुक्त भएका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । उनीहरुको नियुक्ति सन् २०२१ को जनवरी १ बाट लागू हुनेछ ।
क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
उनले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् ।
वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका छन् ।
उनले सन् २०१० देखि ११ सम्म ईन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाईट राईडर्सलाई प्रशिक्षण गराएका थिए ।
उनले सन् २०१४ देखि १६ सम्म जिम्बाबेलाई प्रशिक्षण दिएका थिए । उनी कार्यकालको ९ महिना बाँकी छदै जिम्बाबेको क्रिकेट बोर्डबाट बर्खास्तमा परेका थिए ।
उनी सन् २०२० फेब्रुअरीमा सिंगापुरको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
