शुक्रबारबाट जोरबिजोरको अवज्ञा गर्दै यातायात व्यवसायी

काठमाडौं,
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रुपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरिएको हो ।
जोरबिजोर प्रणालीमा सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।
जोरबिजोरका रुपमा सवारी चलाउने कामले थप संकट निम्त्याएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यष भीमज्वाला राईले बताए ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
