मानव विकास सूचकांकमा नेपालको उल्लेखनीय सुधार

काठमाडौं, १ पुस : नेपालले नेपालले मानव विकास सूचकांकमा उल्लेखनीय सुधार गरेको छ ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूनडीपी) ले बुधबार सार्वजनिक गरेको विश्‍वव्यापी मानव विकास प्रतिवेदन-२०२० मा नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ। युएनडिपीका अनुसार मध्यम मानव विकास भएको सूचक हो ।

यो सूचकसहितको प्रतिवेदन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालगायतले बुधबार सार्वजनिक गरेका छन् ।

सन् २०१८ मा नेपालको सूचक ०.५९५ थियो । सूचकमा यो वृद्धिले नेपालले स्थान पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लिएको छ । अघिल्लो वर्ष नेपाल १४७ स्थानमा थियो। यो सूचकमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल छैठौं स्थानमा रहेको युएनडिपीको तथ्यांकले देखाएको छ ।

यो सूचक अनुसार दक्षिण एसियाली देशमा श्रीलंका ०.७८२ र माल्दिभ्स ०.७४० एचडीआई सूचकसिहत उच्च मानव विकास समूहका दक्षिण एसियाली मुलुकका माथिल्लो स्थानमा छन् । दक्षिण एसियका यी देश विश्‍वका १८९ मध्ये ७२ र ९५ औं स्थानमा रहेका छन् ।

यो सूचकमा भुटान ०.६५४ सूचकसहित १२९ औं स्थानमा छ । अर्कातिर छिमेकी भारत ०.६५४ सूचकसहित १३१ औं स्थानमा हरँदा पाकिस्तान ०.५५४ सूचकसहित १५४ औं स्थानमा छ । यसलाई मध्यम मानव विकास भएको मान्‍न सकिन्छ । त्यसैगरी अफगानिस्तान ०.५११ सूचकांकसहित १६९ औं स्थानमा रहँदा न्यून मानव विकासको स्थानमा परेको छ ।

नर्वे पहिलो स्थानमा, दोस्रोमा आयरल्यान्ड

मानव विकास सूचकांकमा विश्‍वका १८९ मुलुकमध्ये नर्वे शीर्ष स्थानमा छ । अघिल्लो वर्ष पनि पहिलो स्थानमा रहेको नर्वेको मानव विकास सूचकांक यो पटक ०.९७५ छ ।

नर्वेपछि ०.९५५ सूचकांकसहित आयरल्याण्ड दोस्रो स्थानमा रहेको छ । स्वीटजरल्याण्ड तेस्रो र एसियातर्फ हङकङ चौथो स्थानमा रहेको छ । योसँगै मानव विकास सूचकांकमा हङकङ एसियाली मुलुकको शीर्ष स्थानमा छ ।

यो सूचकमा आइसल्याण्ड छैटौँ, जर्मनी सातौँ, अष्ट्रेलिया आठौँ, नेदरल्याण्ड नवौँ र डेनमार्क दशौं स्थानमा रहेका छन् । त्यसैगरी फिनल्याण्ड र सिंगापुर बराबर नम्बरसहित ११औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.