उपत्यकामा ४३८ सहित थप ९३६ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं, ३० मंसिर : पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१ जना महिला गरी थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ४३८ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा ३१०, भक्तपुरमा ४२ र ललितपुरमा ८६ जनामा भएको छ । १७४ महिला र २६४ पुरुषमा कोरोना पुष्टि भएको हो । २४ घण्टामा काठमाडौंमा १ जना र ललितपुरमा ३ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा सक्रिय संक्रमित ४३५३, संक्रमणमुक्त ८८ हजार ६ ९९, मृत्यु ४४७ र कुल संक्रमित ९३ हजार ५०२ छन् ।
भक्तपुरमा सक्रिय संक्रमित ३३३, संक्रमणमुक्त ८ हजार ९८, मृत्यु ९७ र कुल संक्रमित ८ हजार ५२८ छन् । त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ७०७, संक्रमणमुक्त १३ हजार ६७७, मृत्यु १३७ र कुल संक्रमित १४ हजार ५२१ छन् ।
पछिल्लो २४ घण्टामा १९९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार एक सय १७ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ४३ हजार ५ ८१ जनाको पिसिआर परीक्षण भएको छ।
हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ । हालसम्म क्वारेन्टिनमा ४५७ जना छन् भने नौ हजार ८८१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

आज थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेको कुल संख्या १७ सय ३० पुगेको छ ।
